Logo

प्रतिघन्टा २२२२ किमि उड्न् सुपरफाष्ट जहाज बन्ने



अब हवाई यात्राको समय घट्ने भएको छ । सुपरफाष्ट हवाइजहाज बन्ने भएकाले अहिले लाग्ने समयभन्दा आधा समयमा यात्रा पूरा हुने भएको छ । सुपरसोनिक जहाजको डिजाइन भइसकेको छ ।

अमेरिकाको लकहिड मार्टिन एरोनेटिक्सले गरेको डिजाइन अनुसार दुई इञ्जिनयुक्त ४० यात्री बोक्न सक्ने सुपरसोनिकले एक दशमलव ८ माक अर्थात् दुई हजार दुई सय २२ किलोमिटर प्रतिघन्टा यात्रा गर्न सक्छ । जुन ध्वनीभन्दा छिटो उड्नसक्ने कन्कर्ड विमानभन्दा झण्डै दोब्बर छिटो हो ।

यो विमान प्रयोगमा आएमा काठमाडौंबाट दिल्लीसँगको यात्रा आधा घन्टा भन्दा कम समयमा पूरा हुनेछ । अहिले यो दूरी सवा घन्टाको यात्राबाट पूरा हुन्छ । अवधारणमा मात्र आएको सुपरफाष्ट जहाज बनाउनेतर्फ वैज्ञानिकहरु अगाडि बढिसकेका छन् । यसले हवाई यात्रामा नयाँ युगको शुरुवात हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्