Logo

समय निकालेर सबैलाई योग गर्न ओलीको आह्वान (फोटोफिचर)



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर सबैलाई योग गर्न आह्वान गरेका हुन्।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल कर्मयोगीहरुको देश भएको उल्लेख गर्दै सबैलाई कर्म र योग दुवै गर्न आग्रह गरे।

हरेक दिन समय निकालेर योग गरे लोभ, क्रोध र तनावबाट मुक्ति मिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले केही स्वार्थी तत्वहरुले देशलाई आग्र्रह, उत्तेजना र आवेशतिर लैजान खोजेपनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर, सुसंगत परिपाटीतिर जैलाने प्रतिवद्धता व्यक्त गरे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्ध भूमि नेपाललाई ध्यान भूमिको रुपमा चित्रण गर्दै विश्व ध्यान केन्द्र स्थापना गर्ने घोषणा गरे। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले पनि योगबारे चर्चा गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्