Logo

करिश्माले किन छोडिन बाबुरामलाई ? अब ओली र प्रचण्डलाई यसरी रोज्दैछिन (भिडियोसहित)



काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेकी छिन् । शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी छिन् ।

पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ?”

उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन् । तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘म त विचार र पार्टीको पछि लागेकी हुँ ।”



प्रतिक्रिया दिनुहोस्