Logo

रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौंं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति गम्भिर चासो देखाएका छन् ।

अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले नेल बाँध्न लगाउनेलाई कारबाही गर्नपनि निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्