Logo

सांसदले भाङ खाएर बोलेको यादबको आरोप, केपी ओलीको दिनगन्ती सुरु (भिडियोसहित)



काठमाडौं, ७ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले एक दुई जना सांसदले भाङ खाएर बोलेको जस्तो लाग्न थालेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण हुने कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अब दिनगन्ती सुरु भएको पनि दाबी गरे । उनले भने,‘माईतीघर मण्डलको जनसागर हेर्नुभयो, अब गणित त सरकारको पक्षमा छ । जनमत गुमिसकेपछि त्यो गणित पनि खस्किन्छ ।’ गुठी विद्येयककै सवालमा पनि काठमाडौंका सत्ता पक्षका सांसदहरुले जनताको पक्षमा आफ्नो बोली बोलेको यादवको भनाई छ । जनताको अगाडि कसैको पनि केही नलाग्ने बताउँदै उनले सरकारले जनमत गुमाएको टिप्पणी गरे ।

https://www.youtube.com/watch?v=d-1SAgUxiiA



प्रतिक्रिया दिनुहोस्

Screenshot