काठमाडौं, ७ असार । नेपालमा फुटबलका गतिविधि सुस्ताइरहँदा अखिल नेपाल फुटबल संघलाई समस्या आइपरेको छ । एन्फाको नक्कली लोगो समेत प्रयोग गरी टि सर्ट बेचबिखन गर्ने गिरोह सक्रिय भएको छ ।
एन्फाको लोगो अनिधिकृत रुपमा प्रयोग गरी टि सर्ट बेच्ने छ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौंबाट पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेहरुमा नयाँबजार बस्ने चन्द्रदत्त शर्मा, खुसिबु बस्ने बिआरके सप्लायर्सका विष्णुप्रसाद कंडेल र सागर पाण्डे, महाबौद्धस्थित रेडिमेट स्टोरका गोबिन्द खनाल, विशालबजारस्थित एसि स्पोर्टर्सका रामशरण खरेल र सुन्धारास्थित सिटि स्पोर्टर्सका निलम बस्नेत छन् ।
प्रहरीका अनुसार उनीहरुले एन्फाको लोगो अनिधिकृत रुपमा पैयोग गरी जर्सी बनाएर विक्रीवितरण गर्दै आएका थिए । एन्फाको लोगो प्रयोग गर्न उसको अनुमति चाहिन्छ ।