काठमाडौं । भारत र पाकिस्तान दुवैको पछिल्लो एक दशकमा परमाणु बमको संख्या दुई गुणाले बढेको छ । र, हालको वर्षमा पाकिस्तानले भारतको तुलनामा अत्यधिक धेरै परमाणु बम बनाएको बिबिसी हिन्दीले जनाएको छ ।
विश्वभरिमा हतियारको स्थिति र वैश्विक सुरक्षाको विश्लेषण गर्ने स्विडेनको संस्था स्टकहम ईन्टरनेश्नल पिस रिसर्च ईन्स्टिच्यूटले आफ्नो नयाँ रिपोर्टमा यो कुराको खुलासा गरेको छ । उक्त नयाँ रिपोर्टमा पूरा विश्वभरि परमाुण हतियारको कुल उत्पादन कम भएको छ । तर, दक्षिण एशियामा भने यो बढिरहेको दाबी गरिएको छ ।