Logo

आलोपालो प्रधानमन्त्री बन्ने सहमति पालना नभए नेकपा फुट्छ (भिडियोसहित)



असार ८, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले पूर्व एमाले र पूर्व माओवादीबीचको एकता स्वार्थ व्यवस्थित गर्नका लागि मात्रै भएकाले अहिले पनि एकता प्रक्रिया टुङ्गिन नसकेको तर्क गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले सिद्धान्त छोडेर स्वार्थ केन्द्रित एकता मजबुत हुन नसक्ने बताएका हुन् ।

एकीकरण भएको एक वर्ष नाघिसक्दा पनि सिद्धान्त के हो भन्ने कुरा नै थाहा हुन नसक्नु दुर्भाग्य भएको मैनालीले बताए ।

अध्यक्षद्धय केपीओली र पुष्पकमल दाहालबीचको स्वार्थ व्यवस्थित गर्नका लागि मात्रै एकता गरिएको मैनालीको जिकिर छ ।

महासचिव मैनालीले नेकपा अध्यक्ष दाहालले आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबारे यतिबेला चासो दिनु स्वभाविक भएको बताए । सहमति कार्यान्वयनको वातावरण बनाउनुपर्छ भन्ने दाहालको आशयलाई अन्यथा सोच्न नहुने मैनालीको तर्क छ ।

तर ओली भने उक्त सहमति कार्यान्वयन नगर्ने पक्षमा देखिएको मैनालीले आरोप लगाए । सहमति कार्यान्वयन भएन भने एकतामा आघात पुग्ने मैनालीको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्