Logo

संसदमा गर्जिए गगन थापा, किताब पढ्ने कोटा तोकिदिन माग



काठमाडौं, ८ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापा संसदमा फेरि गर्जिएका छन् । उनले सरकारलाई नागरिकका लागि वर्षमा कति किताब पढ्न पाउने भन्नेबारे कोटा तोकिदिन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शुन्य समयमा बोल्दै उनले नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए ।

सरकारले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने भन्दै गरेको सो निर्णयको उनले आलोचना गरेका हुन् । उनले भने, ‘यसले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot