Logo

सात हजार घुस खाने प्रहरी पक्राऊ



काठमाडौं, ८ असार । बर्दीको दुरुपयोग गरी घुस खाने प्रहरी पक्राऊ परेका छन् । सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल सात हजार घुससहित रङ्गेहात पक्राऊ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वन मन्त्रालयबाट पक्राऊ पूर्जी आएको छ मिलाइदिन्छु भन्दै घुस माग्ने कटुवाललाई शनिबार कार्यालय परिसरबाटै रङ्गेहात पक्राऊ गरिउको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्