Logo

डेढलाख घुस खाने नापीका हाकिममाथि मुद्या



काठमाडौं, ८ असार । डेढ लाख घुसहित पक्राऊ परेका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपानेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्या दायर गरिएको छ । उनीहरुविरुद्ध आइतबार मुद्या दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

न्यौपानेसहित लेखापढी व्यवसायी विष्णु केसीले जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको उजूरीका आधारमा सप्रमाण पुष्टि भएपछि मुद्या दायर गरिएको हो ।

अख्तियारका अनुसार घुस लिइसकेको अवस्थामा पक्राऊ गरी छानबिन गर्दा मालपोत कार्यालय साँखुका नायब सुब्बा महेश काफ्लेले मध्यस्थकर्ता विष्णुकुमार केसीलाई कुराकानी गर्न लगाई घुस लिएका थिए ।

३६ हजार घुस खाने वडा सदस्यमाथि मुद्या

काठमाडौं, ८ असार । ३६ हजार घुस खाने वडा सदस्यमाथि मुद्या दायर गरिएको छ । महोत्तरी एकडारा गाउँपालिका ४ का वडा सदस्य रामचन्द्र राय यादवले धर्मशाला निर्माणको रकम निकासा सहज गराइदिन भनी घुस लिएका थिए ।

धर्मशालाको निर्माणमा समेत घुस लिएपछि उनी रङ्गेहात पक्राऊ परेका थिए । अख्तियारका अनुसार उनीमाथि विशेष अदालतमा मुद्या दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्