Logo

५४ करोडको कचौरा



एउटा कचौराको मूल्य ४९ लाख डलर अर्थात् ५४ करोड नेपाली रुपैयाँ । १७ औं शताब्दीमा चीनमा बनेको पित्तलको कचौरा ५४ करोड रुपैयाँमा विक्री भएको हो ।

चीनमा धुप बाल्नका लागि उक्त कचौराको प्रयोग गरिन्थ्यो । पछि स्वीटजरल्याण्डमा ल्याइएको थियो । स्वीटजरल्याण्डको एक परिवारले तीन पुस्तादेखि टेनिस बल राख्न उक्त कचौराको प्रयोग गर्दै आएको थियो । कचौराको महत्वबारे गत वर्षमात्र पत्ता लागेको थियो ।

चीनबाट ल्याइएको कचौरा बर्लिनको संग्राहालयलाई बेच्न खोज्दा किन्न मानेको थिएन । पुराना समानको लिलामी गर्ने ब्रिटेनको लीलामी घरले पनि बेवास्ता गरेको थियो ।

पुराना सामान लिलामीमा ख्याति कमाएको कोलर अक्सनले खरिद गरी लिलामीमा राखेपछि यसलाई पाउन तछाडमछाड भएको थियो । ३० जनाले कचौरा किन्न प्रतिष्पर्धा गरेकामा सबैभन्दा धेरै एकजनाले ४९ लाख डलर सकारेका थिए ।



प्रतिक्रिया दिनुहोस्