काठमाडौं, ९ असार । सुदुरपश्चिम प्रदेशमा आकस्मिक बाढीको सम्भावना रहेको छ । नेपाल बाढी सूचनाका अनुसार सोमबार साँझ देखि मङ्गलबार विहानसम्म चुरे र तरार्यबाट बहने साना नदी जलाधारहरुको केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आकस्मिक बाढी आउन सक्नेछ ।
बाढीको खतराका कारण सुदुरपश्चिम प्रदेशका चुरे र तराईबाट बहने स साना खोला वरपर बस्ने बासिन्दालाई सतर्क रहन भनिएको छ ।