काठमाडौं । निर्वाचन आयोगको आयोजनामा राष्ट्रपनि निवास शितलनिवासमा प्रधानमन्त्री, मन्त्री तथा दलका नेताहरु भेला भएका छन् । निर्वाचन प्रणालीबारे छलफल गर्न नेताहरु भेला भएको बुझिएको छ।
आयोगले आयोजना गरेको छलफल कार्यक्रम विशेषतः आगामी दिनमा निर्वाचनको प्रणाली कस्तो बनाउने भन्नेबारेमा छलफल हुनेछ । छलफलपछि रात्रिभोजको पनि आयोजना गरिएको स्रोतको दाबी छ ।