Logo

अमेरिकाको दबाबका बाबजुद रुसी सैनिक बिमान भेनेजुयला पुग्यो



अमेरिकाले भेनेजुयलाबाट रुसी सेना हटाउन दबाब दिदै गर्दा रुसी सैनिक बिमान भेनेजुयला पुगेको छ । रुसी सेनाको जेट बिमान सोमबार भेनेजुयला पुगेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आरए ८६४९६ नम्बर भएको रुसी विमान मैकुटिआ अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको भेटिएको थियो । तीन महिना अघि यस्तै रुसी विमान भेनेजुयला पुगेको थियो ।

भेनेजुयलामा रुसी प्रभाव रहेको र अहिलेको सरकार रुससँग निकै नजिक छ । दक्षिण अमेरिकामा रुसले अझै प्रभाव बनाइरहेको छ जसलाई अमेरिकाले रुचाएको छैन ।

रुसले यसअघि पुगेको सैनिक बिमानले हतियार विक्रीवितरणको सम्झौतासम्वद्ध जानकारहरु बोकेको दाबी गरेको थियो । अमेरिकाले भेनेजुयलामा रुसको सैनिक गतिविधि रहेको भन्दै आपत्ती जनाउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot