Logo

आमाले ज्यान दिएर बचाइन् बच्चा



रातभरको लडाईंमा आमाले ज्यान गुमाइन् भाई पनि बचेनन् । तर, आमाले यीनको ज्यान बचाइदिइन् । सोमबार राति बासस्थानमा पुगेर बच्चासँग बसेको बिरालोमाथि बनबिरालोले आक्रमण ग¥यो ।

ललितपुरको बिसनडोलको एक घरको गोठमा बसेको बिरालोमाथि बनबिरालोले आक्रमण गरेको थियो । बच्चा बचाउन बिरालोले चार घन्टासम्म लडिरह्यो ।  उसले भागेर आफ्नो ज्यान जोगाउन सक्थ्यो तर बच्चाको जीवनका लागि लडिरह्यो । अन्तिममा एउटा बच्चाको ज्यान जोगाउन सफल भयो ।

आमा गुमाएको बच्चा पीडामा दिनभर कराइरहेको बुझिएको छ । बच्चाको लागि आमाले जीवन नै बलिदानी दिएको देखेर स्थानीय भावुक भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot