Logo

ओसाकामा शक्तिराष्ट्रका नेताबीच भेट हुने



विश्वका २० आर्थिक शक्तिका नेता शुक्रबार जापानको ओसाकामा भेला हुँदैछन् । २८ र २९ जुनमा हुने जी—ट्वेन्टी सम्मेलनमा सहभागी हुने नेताहरुको साइडलाइन भेटवार्ताको टुंगो समेत लागिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेट विश्वकै चासोमा परेको छ । अमेरिका र रुसबीच सम्बन्ध चिसिइरहँदा दुई नेताबीच भेट हुन लागेको हो ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिङपिङसँग पनि भेट्नेछन् । अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ । पुटिन र जिङपिङबीच पनि भेट हुनेछ । दुई नेताबीच निकै सुमधुर सम्बन्ध छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीचको भेट तय भएको छ । भारतीय सञ्चारमाध्यमले दुई नेताबीच साइडलाइनमा भेट हुने उल्लेख गरेका छन् । मोदीले चिनियाँ राष्ट्रपति जिङपिङसँग भेट्ने यसअघि नै तय भइसकेको थियो । मोदीले पुटिनसँग पनि भेट्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot