Logo

जयशंकर भेट्न किन आफै भारत पुगे अमेरिकी विदेशमन्त्री पोम्पियो



अमेरिकी विदेशमन्त्री माइक पोम्पियो भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भेट्न भारत पुगेका छन् । उनी मङ्गलबार साँझ नयाँ दिल्ली पुगेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएपछि सबैलाई छक्क पार्दै विदेशमन्त्री बनेका जयशंकर अमेरिकालाई धेरै बुझ्ने कुटनीतिका रुपमा परिचित छन् । विगतमा अमेरिकाका लागि भारतको राजदूत समेत भएका उनलाई भेट्न पोम्पियो आफै दिल्ली पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

विश्वरका २० आर्थिक शक्ति जी ट्वेन्टीको यसै हप्ता हुने सम्मेलनमा अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको साइडलाइन भेटवार्ता अगाडि विदेशमन्त्रीस्तरीय भेटको सर्वत्र चासो भएको छ । भारतले अमेरिकासँगको व्यापार सम्झौताका अलावा हतियार किन्ने सम्झौता समेत गर्न लागेको छ ।

पछिल्लो समय भारतको रुस र चीनसँगको बढ्दो निकटताका कारण अमेरिका गम्भीर भइरहेको छ । शक्ति सन्तुलनका लागि अमेरिकाले भारतलाई नजिक बनाउन खोजिरहेछ । विगतमा मोदी गुजरातको मुख्यमन्त्री हुँदा अमेरिकाले भ्रमणमा समेत रोक लगाएको थियो जुन पछि फुकुवा गरियो ।

कुशल कुटीतिज्ञ जयशंकर विदेशमन्त्री भएलगत्तै अमेरिकी विदेशमन्त्री आफै भारत आएर भेट्नुलाई उनको कुटनीतिक क्षमतासँग पनि जोडेर हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot