Logo

कांग्रेसको अन्तरक्रिया सुरु, सिटौला समूहले बहिष्कार गर्यो



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको पहिलो चरणको जागरण अभियानका क्रममा कार्यकर्ताबाट प्राप्त सुझावका विषयमा छलफल गर्न दुई दिने अन्तरक्रिया कार्यक्रम राखेको छ। आजबाट सुरु भएको अन्तरक्रियामा ७७ वटै जिल्लाका कार्यकर्ताको गुनासा र पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति तथा कार्ययोजनाका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

अन्तरक्रियाबाट प्राप्त सुझावले राष्ट्रिय जागरण अभियानको दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई थप परिस्कृति, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने कांग्रेसले जनाएको छ। अन्तरक्रिया कार्यक्रममा केन्द्रीय प्रतिनिधिले संगठन सुदृढीकरणका सम्बन्धमा आफू खटिएका जिल्लाका विषयमा धारणा राख्ने बताइएको छ। दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह भने उपस्थिति छैनन्।

कांग्रेसमा पछिल्लो पटक सिटौला सभापति देउवासँग असन्तुष्ट छन्। सभापति देउवाले मनोमानी ढंगले पार्टी संचालन गरेको भन्दै सिटौलाले आपत्ति जनाउँदै आएका छन्। १३ औं महाधिवेशनमा सिटौला पक्षले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको थियो।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्