Logo

किमले पेन्टी र ब्राको ‘किमोनो’ ब्रान्ड दिएपछि आक्रोश



सेलिब्रिटी किम कारडासियनले पेन्टी र ब्राको उत्पादनलाई ‘किमोनो’ ब्रान्ड दिएपछि जापानी नागरिक आक्रोशित भएका छन् । शालिन पहिरन अर्थ लाग्ने किमोनोलाई भित्री पहिरनको उत्पादनको ब्रान्ड दिएको भन्दै जापानीहरु आक्रोशित भएका हुन् ।

नामको दुरुपयोग गरी नयाँ फेशनको भित्री कपडा लगाएको तस्वीर किमले सार्वजनिक गरेकी छिन् । जापानी भाषामा शरीरलाई ढाक्ने लवाईको नाम ‘किमोनो’ दिइएकोमा वन पिसको पेन्टी र ब्रा लगाएको तस्वीर किमले सार्वजनिक गरेर विज्ञापन गरेकी छिन् ।

परम्परागत सालिन खालको जापानी लवाईलाई ट्रेडमार्क ब्रान्ड दिएर पेन्टी र ब्राको उत्पादनको नामसँग जोडेपछि जापानीहरुले संस्कृतिको अपमान भनी सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । किमले छिट्टै बजारमा भन्दै किमोनो नाम उल्लेख गरी वन पिस लगाएको तस्वीर ट्वीटरमा राखेकी छिन् ।

विगत १५ वर्षयता आफूले यो कपडाका लागि उत्साही भएको र विगत एक वर्षयता यसको विकासमा लागेको किमले ट्वीटरमा लेखेकी छिन् । उनको लेखाईप्रति जापानी नागरिकहरु रुष्ट भएका हुन् । यो नाम किमको नभई जापानी पहिचान भएको भन्दै असन्तुष्टि जनाउन थालिएको छ ।

जापानमा किमोनोको अर्थ नदेखियोस् भनेर महिलाहरुले आफ्नो शरीर ढाक्नु हो । किमोनोका सौन्दर्य भनेको सुन्दर, शिष्ट र सज्जन हो । यसले महिलालाई सालिन देखिनेगरी कपडाले टाउको तलको सबै भाग ढाक्छ ।

किम कारडासियन कामुक शरीर र पहिरनका कारण चर्चामा आइरहन्छिन् । चर्चा र हल्लाका कारण उनी सँसारकै महङ्गो सेलिब्रिटी बन्न सफल छिन् ।

तस्वीरः किमको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्