Logo

ओलीले को-को मन्त्री हटाउँदैछन् ? बालुवाटारमा लिष्ट तयार



‘प्रचण्डसंग सहमति भएकै छैन, ओली ५ बर्षकै प्रधानमन्त्री’
काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पूनगर्गठन गर्न गृहकार्यमा जुटेका छन् । उनले  आलोपालो सरकार चलाउनेबारे नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति नभएको खुलासा गरेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री भएको पनि जिकिर गरे । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

यदि आलोपालोमा सहमति भएको भए प्रधानमन्त्री ओलीले पद छोड्नुपर्ने उनको भनाई छ । तर, आफ्नो जानकारीमा अहिलेसम्म उक्त सहमति भएको भन्ने कुरा नभएको पनि उनले जिकिर गरे । उनले अहिहले नेपाल र भारतबीच जनस्तरबाटै सुमधुर सम्बन्ध रहेको पनि विश्वास दिलाए । त्यस्तै उनले नेपालमा पानीजहाज आउने कुरा शतप्रतिशत सत्य कुरा भएको भन्दै आफू विश्वस्त रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्