Logo

ओली-प्रचण्डको सम्बन्ध टुट्छ : सुन्दरमणि दिक्षित (भिडियोसहित)



काठमाडौं, ११ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेकपाको एकता एकता नभई भागबण्डामात्रै नभएको टिप्पणी गरेका छन् । साथै, उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध पनि चाँडै टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दिक्षितले यस्तो विश्लेषण गरेका छन् ।

ओली र प्रचण्ड दुवैको निजी स्वार्थको कारणमात्रै एमाले र माओवादी केन्द्र एक भएकोजस्तो देखिएको पनि उनको टिप्पणी छ । उनले भने, “आजको दिनमा उहाँहरु कहाँ एक हुनुहुन्छ, पेपरमा एक त भयो । तर, यो एकता तल्लो तहसम्म पुगेको छैन । अहिले प्रधानमन्त्रीले एउटा कुरा गर्नुहुन्छ, प्रचण्डले पनि अर्कै कुरा गर्नुभएको छ । यी दुई पार्टी एक हुनैसक्दैन् । खाली यी दुई नेताहरुको स्वार्थले मात्रै एक भएको हो ।”

दिक्षितले एमाले र माओवादी केन्द्र नजोडिएको दाबी गरे । उनले प्रश्न गरे,”पार्टी जोडिएको भए पो त फुट्छ भन्नु । यहाँ त दुई पार्टी जोडिएकै छैनन् ।उनीहरुको एकीकरण हुनै सक्दैन् ।”



प्रतिक्रिया दिनुहोस्