Logo

पाकिस्तानद्वारा न्युजिल्याण्ड पराजित



विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको छ । बुधबार भएको महत्वपूर्ण खेलमा जीत निकाल्दै पाकिस्ता विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड पूरा ५० ओभर खेल्दै दुई सय ३७ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले अन्तिम ओभरमा चार विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको थियो । प्रारम्भमै न्युजिल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि उसको अवस्था कमजोर देखिन्थ्यो । मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्दा न्युजिल्यान्ड मध्यम स्कोर बनाउन सफल भयो ।

पाकिस्तानका लागि बाबर आजमले शतक पूरा गरेर जीतमा ठूलो योगदान पु¥याएका थिए । बाबर र हरिस सोअलको जोडीले उत्कृष्ट ब्याटिङ गरी जित दिलाएका थिए । हरिसले पनि अर्धसतक पूरा गरे ।

यो जीतसँग विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने बाँकी तीन टोलीबीच तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डलाई हराएर सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्