Logo

अब युवा पुस्ताले मुलुकको नेतृत्व गर्नुपर्छ : ऋषि धमला



काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले अहिलेको पुस्ता सुचना तथा प्रविधि, विज्ञान, विकास र समृद्ध नेपाल बनाउने बहसमा उत्रिएको देख्दा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

बुधबार काठमाडौंको चावहिलमा सम्पन्न चामुण्डा ईन्स्टिच्युटको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको युवा पुस्ता सम्पन्न र समृद्ध नेपाल बनाउने बहसमा छ ।’

मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएको बताउँदै उनले भ्रष्टाचारको महारोगलाई जरैदेखि हटाउनुपर्नेमा जोड द्यिए । धमलाले थपे,‘भ्रष्टाचार नहटेसम्म नेपालमा विकास हुँदैन् ।’

आर्थिक विकासमा युवा पुस्ताको पहुँच र प्रभाव पुर्याउनुपर्ने धमलाको सुझाव छ । उनले भने,‘विकासमा युवाको जनमत आउनुपर्छ । भ्रष्ट समाजले देशलाई दुषित बनाउँछ । समाज बिग्रिन्छ । त्यसैले जरैदेखि भ्रष्टाचार उखलेर फाल्नुपर्छ ।’ धमलाले मुलुकको सर्वाङगिण विकासको लागि सरकार र मुख्य दलहरु मिल्नुको विकल्प नभएको पनि आवश्कत्ता औंल्याए ।

एसईई दिएर नतिजाको पर्खाईमा रहेका युवा पुस्तालाई धमलाले मडियामा काम गर्न चाहे आफूले सहयोग गर्ने पनि विश्वास दिलाए ।

मुलुकलाई राम्रो समाचारवाचिका र राम्रो पत्रकार चाहिएको उनले आवश्यकत्ता औंल्याए । उनले थपे,‘युवा पुस्तालाई तालिम तथा सिप दिलाउनुपर्छ । यसले युवा पुस्तालाई निखार्छ ।’ उनले मुलुक हाँक्नको लागि अब मन्त्रीदेखि प्रधानमन्त्री युवा नै बन्नुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्