Logo

एसईईको नतिजा हेर्ने तरिका



काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ ।

नेपाल टेलिकमको सिमकार्ड नम्बरको मोबाइलबाट पछि अक्षरसहितको सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । ३१००३, ३१००७, ३४९४९, ३५००१ मा आफ्नो पछाडिको अक्षरसहितको सिम्बल नम्बर एसएमएस पठाएपछि नतिजा हेर्न सकिनेछ ।

उल्लेखित वेवसाइटहरु बाट पनि परीक्षा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । वेवसाइटहरुमा http://www.doe.gov.np/ http://moe.gov.np/ हेर्न सकिनेछ । २०७५ चैत्रमा लिइएको एसईईमा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot