काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका अवैतनिक राजदूतसंग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनले नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने बिषयमा छलफल गरेका हुन ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरुका अवैतनिक राजदूतसंग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीले प्रष्ट पारेका थिए ।
उनले नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन र त्यहाँ रहेका नेपालीहरुको समस्या र सुरक्षाको विषयमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।
अवैतनिक राजदूतहरुले भने आफूहरु नेपालबारे जानकार रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाठौंमा सम्पन्न दुई दिने सम्मेलन पछि अवैतनिक राजदूतहरुले प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम