Logo

आदित्य पञ्चलीमाथि नाबालिग बलात्कारको अभियोग



बलिउड अभिनेता आदित्य पञ्चलीमाथि बलात्कारको अभियोग दर्ता भएको छ । एक नाबालिगलाई विगतमा पटक पटक बलात्कार गरेको भन्दै उनीमाथि मुम्बई प्रहरीमा उजूरी भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आदित्यमाथि बलात्कारको अभियोग दर्ता गर्ने कलाकार नै हुन् । उनले आफू कम उमेरको हुँदा आदित्यले भिन्न समय र स्थानहरुमा यौन दुव्र्यवहार गरेको उल्लेख गरेकी छिन् ।

उजूरीपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिसकेको छ । यसअघि ती महिलाले टेलिभिजन शो लगायत मिडियामा आदित्यको गलत क्रियाकलापको खुलासा गरेकी थिइन् ।

विगतमा ती महिलाले पञ्चलीलाई बदनाम गराउन भन्दै विभिन्न गतिविधि गरेको विषय समेत उठेको छ । पञ्चलीमाथि यसअघि पनि महिला कलाकारहरुमाथि दुव्र्यवहार गरेको अभियोग लागेको थियो । विवादास्पद क्रियालापका कारण पञ्चली चर्चामा आइरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot