Logo

ग्रेडिङ प्रणालीको ४ वर्ष, लक्ष्य विराएको अभ्यास



असार १३, काठमाण्डौ । २०७२ सालबाट एलएलसी परीक्षा एसईईमा रुपान्तरित भयो ।

एसईईमा परिणत भएसँगै नतिजा प्रणाली प्रक्रियामा पनि फेरबदल भयो । अंक प्रणालीबाट गे्रडिड प्रणालीमा रुपान्तरित भएसँगै सबै पक्ष अन्योलमा परेका छन् ।

प्रणालीको शुरुवात भएको चार वर्ष भइसक्दा पनि ग्रेडिड प्रणालीको बारेमा बुझ्न सकेका छैनन्, न त सरोकारबालाले बुझाउन नै सकेका छन् ।

विश्वभरि नै शिक्षा क्षेत्रमा लागु भएको गे्रडिड प्रणाली २०७२ सालबाट नेपालमा पनि कोही विद्यार्थी फेल पनि हुँदैन र सबै समान भन्ने लक्ष्यले शुरुवात गरिएको थियो । यो पाइलटिंग रुपमा ९९ वटा सरकारी प्राविधिक विद्यालयबाट सञ्चालन गरिएको थियो ।

तर २०७३ सालबाट नेपालभरि नै शुरुबात गरिएको थियो । यसबीचमा लाखौँलाख विद्यार्थीहरुले ग्रेडिडबाट नै एसईईको नतिजा हेरिसकेका छन् । तर यस प्रणालीका नेपालमा लागु भएपनि सबै पक्षमा भने अहिले सम्म अन्यौलता कायमैै छ ।

राष्ट्रिय परिक्षा बोर्डका प्रमुख चन्द्रमणि पौडेल पनि यस प्रणालीलाई अझैसम्म पनि अभिभावक, शिक्षकलगायत सम्बन्धीतहरुलाई बुझाउन नसकेको स्वीकार गरेका छन् । उनले नितिगत पक्ष र परिक्षा प्रणालीजस्तै तालिम मापनलगायतका दुईवटा विषयमा आफूहरु चुकेको तर्क राखेका छन् ।

शिक्षाविद डा. तीर्थ पराजुलीको बुझाइमा सुरुवातमा जुन लक्ष्यका साथ ग्रेडिड प्रणाली नेपालमा भित्राइएको थियो त्यो लक्ष्यभन्दा विपरित भएको बताएका छन् ।उनले विश्वमा हेर्ने हो भने शिक्षामा ग्रेडिड प्रणालीमा बढीभन्दा बढी अध्ययन गरुन भन्नको लागि त्यो सिमालार्ई माथि लिएर गइन्छ तर नेपालमा तल झारिएको छ । उनले गुणस्तरमा बृद्धि हुनको लागि माथि लानुपर्ने बताएका छन् ।

नेपाल अभिभावक महासंघका अध्यक्षदोय शुप्रभात भण्डारीका अनुसार समस्याहरु भएको बताएका छन् । ग्रेड प्रणालीले मनोबैज्ञानिक रुपमा दुईवटा प्रश्नहरु सिर्जना गरेको बताएका छन् । एकातिर पास भइहालिन्छ किन पढ्न प¥यो भन्ने मनोविज्ञान पनि आएको छ भने अर्कोतिर अभिभावक र शिक्षकहरुलाई पनि अन्यौलताको बाटोमा धकेलेको बताउँछन् ।

उनले ग्रेडिड प्रणाली कि त त्रिभुवन विश्वविद्यालयको माथिल्लो कक्षाबाट शुरुवात गर्नुपर्ने , होइन भने सानो कक्षाबाट सुरुवात गर्दा राम्रो हुने तर्क गरेका छन् ।उनले त्रुटि भएका कारण यसलाई सच्याउनु उचित भएको बताएका छन् ।

यसरी ग्रेडिड प्रणाली लागु भएको चार वर्ष बितिसक्दा पनि सरकारले विद्यार्थीदेखि आम अभिभावकसम्मलाई यस बारे अझै बुझाउन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot