Logo

११ किलोमिटर लम्बाईको पुलमा ३३० मिटरको टावर



पुलमा माथिल्लो भागमा छ लेन छ भने तल्लो भागमा चार लेन छ । ११ किलोमिटर ७२ मिटर लम्बाई र ३३० मिटर अग्लो टावर छ । यसमा राख्नुपर्ने टावर बिहिबार राखिइसकेको छ ।

टावर एक सय १० तल्ला अग्लो गगनचुम्बी भवन जत्तिकै अग्लो छ । यो पुल चीनको सांघाई—नान्टोङ मार्गको याङ्जे नदीको माथि बन्दैछ ।

आठ रेक्टस्केलको भूकम्पसम्म थेग्न सक्छ । एक लाख टनको जहाज ठोक्किदा पनि केही हुँदैन । पुलको मुनीबाट जहाज चल्न सक्नेछन् ।
याङ्जे नदीमाथि बनिरहेको पुल सन् २०२० को शुरुमा चालु हुनेछ । अबको छ महिनापछि बाँकी काम पूरा गरेर परीक्षणपछि रेल सुचारु हुने जनाइएको छ ।

पुलमा रेल र सडक यातायातका साधन दुवै गुड्नेछन् । माथिल्लो भागमा छ लेनको एक्सप्रेस बाटो रहनेछ भने तल्लो भागमा चार लेनको रहनेछ । तस्वीरः चाइना डट ओआरजी



प्रतिक्रिया दिनुहोस्