Logo

ओली सरकार ढाल्ने देउवाको चेतावनी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्‍याए।

सभापति देउवाले भने,’लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’ देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।  त्यस अवसरमा उहाँले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताए।

शुक्रबार काठमाडौंको राष्ट्रियसभामा स्थानीय तह कर्मचारी युनियनद्धारा आयोजित प्रथम राष्ट्रिय भेला एवम् कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् । सरकार मनोमानी ढंगले अघि बढिरहेको देउवाको आरोप छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्