Logo

कोरिया जान लागेका युवापुस्तालाई धमलाको यस्तो टिप्स



काठमाडौं, १४ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई केही वर्षको बसाईमा सिप र पुँजी हासिल गरेर स्वदेश फर्किनको लागि आग्रह गरेका छन् ।

शनिबार भक्तपुरमा ईपिएस परीक्षामा उत्तिर्ण भएकाहरुलाई बधाई तथा मार्गदर्शन दिन अल्फा कोरियन भाषा स्कूलले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

उनले कोरिया नेपालीहरुको लागि राम्रो गन्तव्य भएको सुनाए । उनले भने,‘नेपालीहरुले नेपालमा मात्रै होईन, विश्वभरि नै काममा ईमानदारिता देखाउनुको साथै आफ्नो क्षमता र कडा परिश्रमले सफलता हाँसिल गरेका छन । यही गुणले गर्दा विश्वभरि नेपालीहरुको माग बढ्दो छ ।’

उनले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको तन विदेशमा भएपनि मन चाहीँ स्वदेशमा छ । उहाँहरुको परिवारतिर छ । अब तपाईहरु पाँच वर्षको लागि कोरिया जाँदै हुनुहुन्छ, यो अवधिमा तपाईहरुले पैसा र सिप दुवै हाँसिल गर्न सक्नुहोस । मेरो शुभकामना छ । विदेशमा आर्जन गरेको सिप र दक्षता अब नेपालमा उपयोग गर्नुहोस ।’

मुलुकमा दुई तिहाई बहुमतको शक्तिशाली सरकार रहेको सुनाउँदै उनले अब स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ सरकारले सोच्नुपर्ने सुझाए । उनले भने,‘अहिले मुलुकमा रोजगारीको राम्रो अवसर नभएकै कारण तपाईहरु कोरिया जाँदैहुनुहुन्छ । हामीलाई दुःख लागेको छ।’

राम्रो अवसर नहुँदा र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका नेपालीहरु जहाँ गएपनि देशप्रति चिन्तित हुने गरेको आफूले पाएको पनि धमलाले सुनाए । उनले भने,‘तपाई युवा साथीहरु जहाँ गएपनि देशप्रति तपाईहरुको चिन्ता, चासो र माया छ । नेपालतिर ध्यान छ ।’ युवा पुस्ताको चासोलाई सम्बोधन गर्नेगरि सरकारले दिर्घकालिन कार्यक्रमहरु ल्याउनुपर्नेपनि धमलाले जोड दिए ।

त्यस्तै, नेपालका कामदारहरुको विदेशमा दिनानुदिन बढ्दो मागलाई सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । उनले थपे,‘हाम्रो गन्तव्य अब कोरिया, जापानमात्रै होईन युरोप र अमेरिकातिर पनि बनाउन सक्नुपर्छ ।’

नेपालमा विकास र समृद्धिलाई अगाडि बढाउनको लागि धेरै गाह«ो रहेको धमलाले सुनाए । आफू विदेशमा बस्ने नेपालीहरुको समस्या समधानको लागि जस्तोसुकै चूनौति सामाना गर्नपनि तयार रहेको धमलाले विश्वास दिलाए । उनले थपे,‘म तपाईहरुको दुःख र पीडाहरु हल गर्न तयार छु ।’

विदेशमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्ने, भ्रष्टाचार रोक्ने र मुलुकमा सुशासनमा शुन्य सहनसिलता अपनाउनको लागि आफ्नो पत्रकारिता केन्द्रित हुनेपनि धमलाले स्पष्ट पारे । उनले भने,‘म यो अभियान भनौं वा उद्देश्यमा कहिल्यैपनि र कुनैपनि हालतमा विचलित हुन्न ।’



प्रतिक्रिया दिनुहोस्