Logo

प्रहरीले रोप्यो ४० हजार विरुवा, हेडक्वार्टरमा १० विरुवा रोप्दा कर्णालीमा सात हजार



काठमाडौं, १४ असार । नेपाल प्रहरीले एकै दिन ४० हजार आठ सय ३० विरुवा रोपेको छ । राष्ट्रिय वृक्षारोपण दिवसमा उसले देशभरका कार्यालयमा विरुवा रोपेको जनाएको छ ।

सबैभन्दा बढी कर्णाली प्रदेश अन्र्तगत प्रहरी कार्यालयहरुमा सात हजार एक सय ८४ विरुवा रोपेको छ । सबैभन्दा कम प्रहरी प्रधान कार्यालयमा १० वटा विरुवा रोपेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ४ हजार २ सय १६, १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ हजार, २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ हजार ५ सय १, ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार २ सय २१, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ७३, ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३ हजार ८ सय २६ र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४ हजार ७ सय ९९ वटा विरूवा वृक्षारोपण गरिएको नेपाल प्रहरीले जनाएको छ ।

वन कार्यालयसँग समन्वय गरी बिरुवा रोपण अभियान अन्तर्गत नेपाल प्रहरीले वृक्षारोपणको साथै सरसफाई र सचेतनामूलक र्याली लगायतका कार्यक्रम गरेको हो ।

सो क्रममा सबै प्रहरी कार्यालयहरू समेतमा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य बिरुवाहरूको वृक्षारोपण गरिएको जनायएको छ ।



प्रतिक्रिया दिनुहोस्