काठमाडौं । जननेता मदन भण्डारीको हत्या पार्टीकै नेताहरुले गरेको नेताहरुले खुलासा गरेका छन् ।नेकपाका नेता तथा सांसद दिनानाथ शर्माले भण्डारीको हत्या रहस्यको विषय नै रहेको सुनाए ।
शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले राज्यले नै भण्डारीको हत्या कसले गरेको हो भनेर ? पहिचान गर्न नसकेको अवस्थामा आफूले यसले नै हत्या गरेको हो भनेर कसरी भन्न सक्छु भन्दै प्रश्न तेर्साए । शर्माले पार्टीभित्र सरकार आलोपालो चलाउनेबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति नभएको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री एनपी साउदले सडकबाटै केपी शर्मा ओली नेतृत्वको सरकार ढालिदिने चेतावनी दिएका छन् । साउदले वर्तमान सरकारले आफ्नो अधिकारलाई केन्द्रियकरण गरेको आरोप लगाए । सरकारको सञ्चालनपनि पार्टीको विभिन्न तहहरुलाई दिइएको उनको आरोप छ ।