Logo

विकास बजेटमा भ्रष्टाचार गर्ने नगरपालिकाका कार्यकारी अधिकृतमाथि मुद्दा



काठमाडौं, १५ असार । चैनपुर नगरपालिकाको विकास बजेटको रकम भ्रष्टाचार गर्ने कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास बजेटबाट कर्मचारकिो नाममा अनियमित तरिकाले रकम झिकी हिनामिना गर्ने, झुट्टा बिल बनाई भक्तानी लिने कार्यकारी अधिकृत उत्तम रेग्मीविरुद्ध मुद्दा दायर गरेको हो ।

रेग्मीले विकास बजेटबाट रकम हिनामिना गरी सात लाख छ हजार नौ सय नौं रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीसँग मिलेमतो गरेको अभियोगमा हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक यज्ञप्रसाद ढकालसहित अन्य कम्पनिका दुर्गाप्रसाद दाहाल र अन्जिता गौतम समेतमाथि सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot