Logo

ओली–प्रचण्ड दिनभरि बालुवाटारमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिनभरि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच आज पार्टी एकताका सम्पूर्ण काम सम्पन्न गर्नेगरि छलफल भएको स्रोतको दाबी छ । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘आज अध्यक्षद्धय चार घण्टा लामो छलफलमा बस्नुभएको थियो । अब करिब करिब असारभित्रै पार्टी एकता सम्पन्न हुन्छ ।’

शान्ति प्रक्रियाका बाँकी काम टुँगो लगाउने विषयमा पनि अध्यक्षद्धयबीच छलफल भएको नेम्बाङले जनाए । शान्ति प्रक्रियाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सहमति भएको नेकपानिकट स्रोतको दाबी छ । पार्टीका सम्पूर्ण निर्णयहरु अब बस्ने स्थायी र केन्द्रिय समितिको बैठक राखेर अनुमोदन गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्