Logo

मदन खरेललाई प्रधानमन्त्रीको अन्तिम मौका



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई आफ्नो निवासमा बोलाएर झपारेका छन् । साताव्यापी जापान भ्रमणबाट फर्किएका खरेलको बारेमा विभिन्न नकारात्मक टिकाटिप्पणी भैरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर झपारेका हुन् ।

बालुवाटार सूत्रले दिएको जानकारी अनुसार खरेललाई बोलाएर प्रधानमन्त्री ओलीले निगमको अवस्था दिनप्रतिदिन खस्किँदै गैरहेकोले अब पनि यसलाईै उकास्नेगरि काम नगरे तीन वटा विकल्प रोज्न तयार हुनुपर्ने चेतावनी दिएका थिए । ओलीले कि वाईडबडी बन्द गर्नुपर्ने, चलाउने भए जापान नै चलाउनुपर्ने कि त पद छोड्नुपर्ने चेतावनी दिएका छन ।

ओलीले खरेललाई भनेका थिए,‘मैले विश्वास गरेर तपाईलाई यो जिम्मेवारीमा ल्याएँ । तर, उपलब्धी खोई ? वाईडबडी किन रोकियो ? किन चलाउन सक्नुभएन ?’ प्रधानमन्त्रीको थ्रेट सुनेपछि खरेल कालो निलो भएर निस्किएको स्रोतको दाबी छ।



प्रतिक्रिया दिनुहोस्