अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार उत्तर कोरियामा २० पाइला राखे । उनले पहिलो पाइला राख्दै गर्दा उत्तर कोरियाका नेता किम जोङ उनले हात देखाएर स्वागत गरिरहेका थिए ।
सिनेमाको सुटिङ झै लाग्ने यो दृश्य खिच्न पत्रकारहरु क्यामरा लिएर वरिपरि घुमिरहेका देखिन्थे । ट्रम्पलाई भेट्ने वित्तिकै किमले आफूले उनलाई यस्तो ठाउँमा भेट्छु भनेर कहिले आशा नगरेको बताए । ट्रम्पले आफूभन्दा होचा र ४० वर्ष कान्छा किमलाई धाप मारे ।
२० पाइला उत्तर कोरियामा राखेपछि उनी किमसँगै दक्षिण कोरियातर्फ बढे । जहाँ उनीहरुबीच भेटवार्ता भयो ।
ट्रम्पले उत्तर कोरियाली भूमिमा टेकेर सांकेतिक रुपमा सम्बन्धको नयाँ युग शुरु भएको सन्देश दिन खोजे । यो किमसँग उनको तेस्रो भेट हो ।