Logo

पुटिनसँग जोन इल्टनको जुहारी



जोन इल्टन समलिङ्गि विवाह गर्ने सेलिब्रिटी हुन् । लोकप्रीय गीत संगितका कारण चर्चित उनी विवादमा पनि आइरहन्छन् । समिलिङ्गि पहिचान र त्यसलाई स्थापित गर्न अन्य देशमा समेत अभियान चलाइरहेछन् । उनले नेपालमा पनि समिलिङ्गिसँग सम्बन्धित संस्थाहरुलाई आर्थिक सहयोग गर्ने गरेका छन् ।

तिनै इल्टन पछिल्लो समय फेरि चर्चामा आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उदारवादको औचित्य समाप्त भइसकेको अभिव्यक्ति दिदै समलिङ्गिप्रति पनि अनुदार देखिए । उनले समलिङ्गिबारे युरोपले लिएको अति उदार नीति परम्परागत मान्यता अनुकूल नभएको भने ।

यही विषयलाई लिएर बेलायती गायक जोन इल्टन पुटिनसँग रुष्ट छन् । पुटिनलाई ढोंगी भने । इल्टनको जीवनमा आधारित रकेटम्यान रुसमा सेन्सर गरिएको थियो । पुटिनले समलिङ्गिबारे दिएको अभिव्यक्तिपछि इल्टनले कडा आलोचना गरिहाले ।

पुटिनले समलिङ्गिप्रति रुसको नीति पूर्वाग्रही र अनुदार नभएको तर लैङ्गिक पहिचानको निर्णय अधिकार वालिगमा मात्र हुनुपर्ने कम उमेरकामा नहुनुपर्ने अडान सुनाए । उमेर नपुग्दै लैङ्गिक पहिचानको निर्णय लिने अधिकार दिन नहुने पक्षमा पुटिन उभिएका छन् । रुसको कानुनले लैङ्गिक पहिचानको टुंगो बालिक भएपछि मात्र निर्णय लिन पाउनुपर्ने भनेको छ । Photo: Amazon



प्रतिक्रिया दिनुहोस्