Logo

बालिकाको उपचारको लागि सहयोग हस्तान्तरण



बुटवल, १६ असार। मेडिकल ल्याब्रेटोरी एसोसिएसन आफ नेपाल (मेलान) केन्द्रिय समितिले ‘थालासेमा मेजर’ रोगबाट पडित ६ बर्षीय बालिकाका लागि सहयोग हस्तान्तरण गरेको छ । कपिलवस्तु बुद्धभूमि ३ का श्रीधर खनालका ६ बर्षीय छोरी गृष्मा खनाललाई उपचारका लागि भन्दै मेलानले ५ लाख १ सय ९८ रुपौया सहयोग गरेको हो ।

आइतवार रिपोर्टस क्लव नेपाल प्रदेश ५ बुटवलमा कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै गृष्माका बुवा श्रधरले उपचारका लागि ठूलो खर्च लाग्ने हुँदा मेलानले गरेको सहयोग ठूलो भएको बताए । मेलानका केन्द्रिय उपाध्यक्ष रमेश पान्डेले समाजिक उत्तरदायित्वका हिसालले मेलानले आफ्ना सदस्यलाई केही राहात होस भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

बोन म्यारो परिवर्तन गर्नु पर्ने उक्त विरामीका लागि ठूलो खर्च आउने भन्दै पिडित परिवारले सहयोगको याचना गरेका थिए । मेलानका केन्द्रिय सदस्य गुणनीति खनालको संचालनमा भएको हस्तान्तरण कार्यक्रममा प्रदेश सदस्य मानवहादुर श्रेष्ठ, रुपन्देही अध्यक्ष नारायण पौडेललगाएतले बालिकाको शिघ्र स्वस्थालाभको कामना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot