Logo

सांसदहरुको ‘भिडियो-प्रोफाईल’ सार्वजनिक (फोटोफिचर)



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय अभ्यासमा कमिकमजोरी रहेको स्वीकार गरेका छन् । संघीय संसदका सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक गर्न संघीय संसद सचिवालयले आज काठमाडौमा गरेको कार्यक्रममा उनले कमिकमजोरीलाई सच्याउदै अगाडि बढ्नु पर्ने बताए । उनले गल्तीलाई सच्याउदै सकरात्मक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले संसदलाई जनताको आश्थाको केन्द्र बनाउनु पर्नेमा जोड दिए । उनले संसदलाई जनताका समस्या सामधान गर्ने प्रमुख थलोको रुपमा लिदै संसदप्रति जनताको विश्वास ट्ट्न दिन नहुनेमा जोड दिए ।

प्रतिनिधिसभाका उपसभामुख शिवमायाँ तुम्बाहाम्फेले सांसदहरुको व्यक्तिगत प्रोफाईल डिजिटल रुपमा तयार पारेर संसद सचिवालयले महत्पुर्ण काम गरेको बताए ।

उनले नेपाल सरकारले सरकारी कामलाई कागज मुक्त गर्ने अभियान अन्र्तगत सांसदहरुको प्रोफाईल डिजिटलमैत्री बनाईएको बताए । संसद सचिवालय प्रतिनिधि सभा र राष्ट्रियसभाका ३ सय ३४ जना सांसदहरुको भिडियो प्रोफाईल तयार पारेको हो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot