Logo

मुम्बईमा पर्खाल भत्कदा १३ को मृत्यु, भारी वर्षाका कारण सार्वजनिक बिदा



भारतको औद्योगिक शहर मुम्बईमा भारी वर्षाका अनुमान गरिएपछि सार्वजनिक बिदा दिइएको छ । भारतको मौसम पूर्वानुमान विभागले मङ्गलबार भारी वर्षा हुने अनुमान गरेको हो । महाराष्ट्र सरकारले सरकारी कार्यालय देखि शैक्षिक संघसंस्था बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन भनेको छ । भारी वर्षाका कारण असुरक्षाको खतरा भएको भन्दै सुरक्षित स्थानमा रहन भनेको हो ।

वर्षाका कारण मङ्गलबार विहान १३ जनाको मृत्यु भएको छ । मालाद स्स्टमा पर्खाल भत्कदा उनीहरुको मृत्यु भएको हो ।

विभिन्न स्थानमा सडक भत्केको दृश्य भारतीय टेलिभिजनहरुले देखाइरहेका छन् । सम्भावित क्षतिलाई दृष्टिगत गरी महाराष्ट्र सरकारले उद्धारलाई तयारी अवस्थामा राखेको छ ।

वर्षाका कारण यातायात अवरुद्ध भएको छ । सडकमा पानी जमेर आवागमनमा समस्या भएको छ । रेलको आवागमनमा समेत समस्या उत्पन्न भएको छ । Photo: Indiablooms



प्रतिक्रिया दिनुहोस्