Logo

एक सय घुस दिने चालक पक्राउ



झापा, १७ असार । चेकजाँचका क्रममा एक सय घुस दिएर उम्कन खोज्ने ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिकामा डिउटीमा खटिएको प्रहरीले चेकजाँच गर्दा कागजपत्र नभएपछि छाड्न भन्दै घुस वापत रकम दिन खोज्ने ना ६ ख ११६८ नम्बरका ट्रकका चालक इन्द्र तामाङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सोमबार पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय घुस दिन खोज्ने चालक र सहचालक पक्राउ हुने क्रम बढ्दै जाँदा तामाङ पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्