Logo

भारी वर्षाले मुम्बईमा २६ को ज्यान गयो



भारतको मुम्बईमा भारी वर्षाका कारण जनधनको व्यापक क्षति भएको छ । मङ्गलबार २६ जनाको ज्यान गइसकेको छ ।

पिमपिमाडा क्षेत्रमा पर्खाल भत्कदा ज्यान गुमाउनेका संख्या २१ पुगेको छ । मर्नेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । विद्यालयको पर्खाल भत्केर थप तीन जनाको ज्यान गएको छ । कारमा रहेका दुईजना पानीको बहावमा डुबेर कारभित्रै ज्यान गुमाउन पुगेका छन् ।

भारतीय टेलिभिजनले मुसलधारे वर्षाले जनजीवन प्रभावित भएको दृश्यहरु देखाइरहेका छन् । यातायात अवरुद्ध छ । रेलसेवा समेत प्रभावित छ ।
भारी वर्षाका कारण महाराष्ट्र सरकारले सार्वजनिक बिदा दिएको थियो । मानिसहरुलाई घरबाट ननिस्कन भनिएको थियो ।



प्रतिक्रिया दिनुहोस्