Logo

बाख्रा पाल्छन् इमरान खान



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बाख्रा पालन गरेको रहेछन् । उनीसँग चारवटा बाख्रा रहेको सम्पत्ति विवरणमा देखिएको छ । कुल दश करोड ८० लाख सम्पत्तिमध्ये चारवटा बाख्रा पनि उल्लेख भएको हो ।

पाकिस्तानको निर्वाचन आयोगले हिजो प्रकाशित गरेको सम्पत्ति विवरणमा इमरानसँग व्यक्तिगत कार छैन । प्रधानमन्त्री भएपछि उनले कार विक्री गरेका थिए । उनीसँग जमिन छ ।

पूर्व क्रिकेट स्टार इमरान पाकिस्तानभित्र मात्र नभई बाहिर पनि लोकप्रीय छन् । उनी सादगी जीवनयापनको अभ्यास गरिरहेका छन् । नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सादगीपनबाट आफू प्रभावित भएको बताएका थिए ।

यसैगरी पाकिस्तानको विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टोको सम्पत्ति डेढ अर्ब रहेको छ । जसमा दुबईको दुईवटा भिल्ला पनि पर्दछ । पूर्व राष्ट्रपति समेत रहेका बिलवालका पिता असिफ अली जर्दारीको कुल सम्पत्ति ६६ करोड डलर रहेको उल्लेख छ । Photo: thenews.com.pk



प्रतिक्रिया दिनुहोस्