Logo

राजकुमारलाई छाडेर किन लुकिन् राजकुमारी



कुनैबेला राजकुमारी हाया बिन्ट अल हुसेन दुबईको जीवनबाट खुशी भएको बताउँथिन् । आफूभन्दा २३ वर्ष जेठा राजकुमार शेख मोहम्मद अल मक्तुमको छैठौं तथा कान्छी पत्नीका रुपमा सन् २००४ मा दुबई पुगेकी थिइन् ।

राजकुमार पाउनु आफ्ना अहोभाग्य हो भन्दै अल्लाहलाई हरेक दिन धन्यवाद भन्ने गरेको सुनाउँथिन् । राजकुमार शेखको छोरी लतिफा परिवारमा स्वतन्त्रता छैन भन्दै विदेश भाग्दै गर्दा पक्राऊ परेकी थिइन् । लतिफाले आफूमाथिको व्यवहारबारे खुलासा गर्दा हायाले उक्त दाबी सत्य नभएको बताएकी थिइन् ।

अहिले तिनै हाया लापता छिन् । उनी लन्डनमा रहेको खुलेपनि कहाँ छिन् स्पष्ट भएको छैन । जर्मनी हुँदै बेलायत पुगेकी थिइन् हाया । बीबीसीका अनुसार हाया कानुनी लडाईं लड्ने तयारीमा पुगिसकेकी छिन् ।

३० वर्षको उमेरमा सन् २००४ मा शेखसँग विवाह गरेकी थिइन् । त्यतिबेला शेख ५३ वर्षका थिए । शेखको छैठौं तथा कान्छी पत्नीको रुपमा हाया दुबईको दरबारमा भित्रिएकी थिइन् । शेखको २३ जना सन्तान छन् । राजकुमार शेख संयुक्त अरब इमिरेट्सको उपराष्ट्रपति तथा दुबईका प्रमुख हुन् उनी ।

१२ वर्ष लामो वैवाहिक जीवनपछि राजकुमारी हाया के कारणले विचलित भएर लुक्न पुगिन् ? सबैको चासो बनेको छ । कुनैपनि हाया आफू राजकुमार शेखलाई पाउँदा खुशी भएको बताउँथिन् । सँगै घोडचढीमा जान्थिन् । शेखलाई पाउनुमा हरेक दिन अल्लाहलाई धन्यवाद दिने बताउँथिन् ।

हायाको जीवन नै खतरामा परेपछि भागेको हुनसक्ने अनुमान गरिदैछ । उनले अब पतिसँग अदालती प्रक्रियामा जान खोजेको बताइन्छ ।
४२ वर्षीया हायाको पिता जोडर्नका स्वर्गीय राजा हुसेन हुुन् । आमाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भइसकेको छ । उनी त्यतिबेला मात्र तीन वर्षकी थिइन् । जोर्डनका वर्तमान राजा किङ अबदुल्ला उनको सौतेनी दाई हुन् । बेलायतमा हुर्केकी र पढेकी उनी आधुनिक शैलीकी छिन् । जोर्डनमा हेभीगाडीको लाइसेन्स पाउने उनी एकमात्र महिला भएको बताउने गर्थिन् ।



प्रतिक्रिया दिनुहोस्