Logo

विमलेन्द्र निधिलाई विप्लवको चिन्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।

बिहीबार विहान नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए । उनले भने,‘अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको छ, उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्नु हुँदैन ।’

त्यस्तै, निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताए । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो । “काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन”- उनले भने ।



प्रतिक्रिया दिनुहोस्