Logo

संसदीय समितिमा मन्त्री महासेठको दादागिरी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसदीय समितिमा दादागिरी देखाएका छन् । संसदको विकास तथा प्रविधि समितिमा आज बिहान मन्त्री महासेठले समितिकी सभापति कल्याणकुमारी खड्कासँग चर्काचर्की नै गरे ।

सभापति खड्का र मन्त्री महासेठबीच वादविवाद चलेको थियो । समितिमा मन्त्रालययका बारेमा उठेका प्रश्नको जवाफ दिन गएका महासेठले समिति मूल्य मान्यताविपरीत चलेको आरोप लगाए। समिति सभापति खड्काले राष्ट्रिय बहिरा महासंघ पनि बैठकमा आएको र उनीहरूले आफ्ना समस्या राख्ने बताएपछि मन्त्री कड्किएका थिए।



प्रतिक्रिया दिनुहोस्