काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज एक्लाएक्लै भेटवार्ता भएको छ । पार्टी एकताको सबै काम सम्पन्न गर्नेगरि अध्यक्षद्धयबीच छलफल भएको नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा यही असारभित्रै पार्टी एकताको सम्पूर्ण काम सम्पन्न गर्ने अध्यक्षद्धयबीच सहमति भएको हो । पछिल्लो समय ओली र प्रचण्डबीच लगातार छलफल तथा भेटवार्ता भैरहेको छ ।
अध्यक्षद्धयबीच मु्ख्यगरि राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा कुरा भएको नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । हालै बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत मिलेको थिएन ।