Logo

दिपक मनाङे नेकपामा प्रवेश गरेपछि बाबुरामको यस्तो टिप्पणी



काठमाडौं, २० असार । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशका सांसद दिपक मनाङे भनेर चिनिने राजिव गुरुङ नेकपामा प्रवेश गरेकोमा व्यंग्य कसेका छन् । उनले अहिले नेपालको राजनीतिमा ‘जता काफल पाक्यो, उतै चरी नाच्यो’ प्रवृत्ति निकै मौलाउँदै गएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले आज ट्वीट गर्दै भनेका छन्, ‘यतिबेला जता काफल पाक्यो, उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् ।’ उनले आफ्नो पार्टीका केही नेतासमेत सत्तारुढ पार्टीमा प्रवेश गर्न लागेको संकेत गर्दै लेखेका छन्, ‘सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’



प्रतिक्रिया दिनुहोस्