काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद देवेन्द्र पौडेलले नेकपाले अझै २५ वर्षसम्म सरकार चलाउने सनसनीपूर्ण दाबी गरेका छन् ।
समाजवादी पार्टीका नेताहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । पौडेलले भने, ‘कतिपयले यो सरकार पाँच वर्षपनि टिक्दैन भनेको सुनिन्छ, तर ५ वर्षका लागि त जनताले मत दिइसके । अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन ।’